लोकसंवाद संवाददाता | समाचार | बैशाख ३०, २०७६
चरम आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएम)ले ६ अर्ब डलर आर्थिक सहायता दिने भएको छ ।
इस्लामावाद । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई केही राहत पुग्ने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले तीन वर्षमा पाकिस्तानलाई ६ अबै डलर सहायता उपलब्ध गराउने देखिएको हो । यसबारे मे १२ मा पाकिस्तान र आएएमएफबीच सम्झौता भएको हो ।
पाकिस्तानी प्रधानमन्त्रीका वित्त, राजस्व र आर्थिक सल्लाहकार डा. अब्दुल हफिज शेखले भने, ‘स्टाफ स्तरीय भएको सम्झौतालाई वासिंटनस्थित आइएमएफको निर्देशन मण्डलबाट पारित हुन बाँकी छ ।
आइएमएफसँग भएको सम्झौता अनुसार पाकिस्तानले यो रकम घरेलु तथा बाहिरी असन्तुलन कम गर्न, विकासको बाधा अड्चन फुकाउन, पारदर्शिता बढाउन, सामाजिक खर्च बढाएर बलियो र बढीभन्दा बढी समावेशी विकासका लागि खर्च गर्नु पर्ने हुन्छ ।
प्रधानमन्त्री इमरान खानले प्रारम्भमा आइएमएफका शर्त र सम्झौतामा आपत्ति जनाएका थिए । तर, पछि उनले सम्झौता पालना गर्ने सहमति देखाएका थिए । यो खबर एजेन्सीको सहयोगमा तयार पारिएको हो ।