लोकसंवाद संवाददाता | समाचार | पुस ०७, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदले नाराबाजी गरिरहँदा प्रतिनिधिसभाले बुधबार ४ वटा अध्यादेश स्वीकृत गरेको छ ।
बैठक सुरु हुनासाथ एमाले सांसदहरू रोष्टम अगाडि उभिएर नाराबाजी गरे । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु हुने वातावरण बनाउन आग्रह गरे । तर, एमाले सांसदले नाराबाजी रोकेनन् ।
यसपछि सभामुख सापकोटाले कार्यसूचीमा प्रवेश गराएको बैठकले विभिन्न ४ रवटा अध्यादेशलाई स्वीकृत गरेको हो ।
बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र रेलवे अध्यादेश, २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।
यसअघि उक्त ४ अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्तावलाई बैठकले अस्वीकार गरेको थियो ।