कांग्रेस प्रदेश २ अधिवेशन : ५ जना सदस्य निर्विरोध निर्वाचित

कांग्रेस प्रदेश २ अधिवेशन : ५ जना सदस्य निर्विरोध निर्वाचित

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस ०७, २०७८

नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा सप्तरीका २ सहित ५ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार खुलातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमलादेवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

मधेसी महिलातर्फ पर्साकी किरण कुमारी र आदिवासी जनजातिमा मनमया तमाङ्नी निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेशको नयाँ नेतृत्वका लागि हालसम्म निर्वाचन सुरु हुन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट कृष्ण यादव र विमलेन्द्र निधि तथा डा. शेखर कोइरालाको संयुक्त टिमबाट रामसरोज यादवले सभापतिमा उम्मेदवारी दिएका छन् ।