लोकसंवाद संवाददाता | समाचार | पुस ०८, २०७८
नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र दायित्व लिने भएको छ ।
आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित सम्मेलन प्रतिनिधिले गर्न निर्देशन दिँदै दिउँसोको खाजा मात्र पार्टीले दायित्व लिने भएको हो ।
‘राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान बेलुकाको खाना तथा बसोबासको व्यवस्थापन स्वयंलाई गर्न भनिएको छ’, व्यवस्थापन समितिका संयोजक हितमान शाक्यले भने, ‘५ दिनसम्म दिउँसोको खाजा भने पार्टीले खुवाउनेछ, ५ दिन फरक फरक खाजाको मेन्यु बनाइएको छ ।’
उनका अनुसार मासु-चिउरासहित पनिरलगायतका परिकारहरू मेन्युमा राखिएको छ ।