एजेन्सी | लोकरञ्जन | पुस ०८, २०७८
सन् २०२१ अन्त्यको संघारमा छ । यस वर्ष सन् २०२० मा जस्तै कैयौँ व्यक्तिले घरमै बसेर समय बिताए । घरमा बसिरहँदा उनीहरूले सामाजिक संजालमा सक्रियता बढाए । अधिकांशले पोर्न साइटतिर नजर डुलाए । यही क्रममा सन् २०२१ मा सर्वाधिक हेरिएका पोर्न स्टारको तथ्यांक हालै सार्वजनिक भएको छ ।
एडल्ट वेबसाइटले युट्युब च्यानलमा त्यसको तथ्यांक सार्वजनिक गरेको छ । यसको पछिल्लो एपिसोडलाई पोर्नहब स्टार एरिया नाथानिलले होस्ट गरेकी छन् । उनले विश्वव्यापी ट्रेन्डको खुलासा गरेकी छन्, जसमा जेनेरेसन, जेन्डर र डेमोग्राफिक्स सामेल छन् ।
यस वर्ष सबैभन्दा खोजिएको पोर्नस्टारको सूचीमा लाना राओडेस, अबेला डेन्जर, इभा इल्फी, रिले रेड र मिया काल्कोभा छन् । यी सबै अभिनेत्रीहरू पोर्न उद्योगमा रुचाइएका अभिनेत्रीमा पर्छन् ।
लाना सबैकी मनपर्ने पोर्नस्टार भए पनि उनले सन् २०२१ मै पोर्न उद्योगबाट बिदा लिएकी छन् । एडल्ट फिल्ममा अभिनय गर्नु आफ्ना लागि पछुतोको विषय रहेको उनको भनाइ छ ।
च्यानलका अनुसार पोर्न फिल्म हेर्नेमा सर्वाधिक दर्शक अमेरिकाका छन् । अमेरिका पछि बेलायत, जापान, फ्रान्स र इटालीका छन् । यी देशमा पोर्नहबमा सर्वाधिक ट्राफिक हुने गर्छ ।
यसबाहेक सर्वाधिक हेरिएको भेरिफाइड एमेच्युर मोडल्समा यिनिलिओ, पोर्न फ्रान्स, द स्टार्ट अफ यूएस र लक्जरी गर्ल छन् । यस वर्ष सर्वाधिक हेरिएको पोर्न क्याटागोरीमा जापानी, लेस्बियन, इबोनी, हेन्टाइ र मिल्फ छन् ।
अघिल्लो वर्ष सन् २०२० मा सर्वाधिक खोजिएको शब्दमा ओर्टनाइट, बोउसेटे, एमेच्युर, एलियन्स र क्वारेन्टाइन थिए, जबकि यस वर्ष अधिकांश दर्शकले पोर्नहबमा हेन्टाईलाई खोजे । हेन्टाई जापानी मंगा र एनिमेसनको एक जनरा हो । यसमा पात्र र तस्बीरलाई बढी कामुक देखाइन्छ ।