छैठौं चरणको लोकसभा निर्वाचन :पश्चिम बंगालमा सर्वाधिक मतदान

छैठौं चरणको लोकसभा निर्वाचन :पश्चिम बंगालमा सर्वाधिक मतदान

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७६

पश्चिम बंगाल । लोकसभा निर्वाचनअन्तर्गत छैठौं चरणको निर्वाचनमा पश्चिम बंगालमा सर्वाधिक मतदान भएको छ । यो राज्यका ८०.३४ प्रतिशत बढी मतदाता चुनावमा सहभागी भएका छन् । यसअघिका निर्वाचनमा पनि पश्चिम बंगालमा सर्वाधिक मतदान भएको थियो ।

सबैभन्दा कम मतदान भने उत्तर प्रदेशमा भएको छ । उत्तरप्रदेशका ५४.१२ प्रतिशत मतदाता मात्रै चुनावमा सहभागी भएका छन् ।

छैठौं चरणको निर्वाचन ७ राज्यका ५९ सिटमा भएको थियो, जसमा ६३.४८ प्रतिशत मतदाता चुनावमा सहभागी भएका थिए ।

कहाँ कति मतदान ?

पश्चिम बंगाल        ८ सिटमा      ८०.३४  प्रतिशत
हरियाणा             १० सिटमा     ६७.४०  प्रतिशत
झारखण्ड             ४ सिटमा      ६४.४६ प्रतिशत
मध्यप्रदेश             ८ सिटमा      ६१.१२  प्रतिशत
दिल्ली                 ७ सिटमा      ६०.३७ प्रतिशत
विहार                 ८ सिटमा       ५९.३८ प्रतिशत
उत्तरप्रदेश           १४ सिटमा     ५४.१२ प्रतिशत