लोकसंवाद संवाददाता | समाचार | पुस ०९, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहान बस्ने भएको छ । ११ पुसबाट काठमाडाैंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।