लोकसंवाद संवाददाता | समाचार | बैशाख ३०, २०७६
केही दिन पहिले बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मर्केललाई पुत्रलाभ भएको थियो । ह्यारी र मर्केलको नवजात पुत्रलाई मुम्बईका डब्बावालाहरुले उपहार पठाएका छन् ।
करीब पाँच हजार डब्बावालाहरुले चन्दा उठाएर चाँदीको बाला, सिक्री तथा लकेट उपहार स्वरुप बेलायत पठाएका हुन् ।
मुंबई डब्बावाला एसोसिएशन का अध्यक्ष सुभाष तलेकरले बताए, प्रिंस चार्ल्स हाम्रा मित्र हुन । उनी हजुरबा बनेकोमा हामी समस्त डब्बावाला खुसी भएका छौं । प्रिंस चार्ल्सका कारण नै संसारमा डब्बावालाको मान सम्मान, इज्जत बढेको हो । त्यसकारण राजपरिवारमा भएको यो खुसीमा हामी सबै डब्बावालाहरु खुसी हुनु स्वभाविक नै हो । यो खुसी हामी राजपरिवारका साथ बाँड्न चाहन्छौं त्यसैले हामीले उपहार पठाएका हौं ।
उपहारमा हनुमानजीको चित्र छ यसले नवजात बालक हनुमान जस्तै बलशाली तथा सामथ्र्यवान होउन भन्ने हाम्रो चाहना हो, तलेकरले भने ।
सन् २००३ मा प्रिंस चाल्र्स भारत आएका बेला डब्बावालासँग भेट्न चाहेका थिए । त्यसबेला डब्बावालाले चाल्र्स समक्ष दुईवटा शर्त राखे । पहिलो शर्त उनीहरु टिफिन समय पछि मात्र भेट्न सक्छन किनकि उनीहरु प्रिन्सलाई भेट्ने बाहनामा आफ्ना दुईलाख ग्राहकलाई अप्ठेरोमा पार्न चाँहदैनन् । दोस्रो शर्त भेट्न डब्बावालाहरुको स्थानमा नै आउनुपर्छ ।
प्रिन्सले दुबै शर्त स्वीकार गरे र भेट्न गए । भेटपछि चाल्र्सले डब्बावालाको योजनावद्ध कार्यशैलीको प्रशंसा गर्दै व्यवस्थापन पढाउनका लागि बेलायत आउनका लागि निम्ता पनि दिएका थिए । यति मात्र होइन प्रिन्सको विवाहमा आमन्त्रित १५०० विशिष्ट पाहुना मध्ये डब्बावाला पनि थिए । यो डब्बावालाका लागि ठूलो प्रतिष्ठाको विषय थियो ।
त्यस दिन अमेरिकाको अस्पतालमा जन्मिएका शिशुलाई पनि ताज लगाएर खुसी मनाइएको थियो ।