लोकसंवाद संवाददाता | खेलकुद | पुस ११, २०७८
एसीसी यू- १९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ ।
यूएईको शारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल यदि हारले भने एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ ।
यता, श्रीलंका भने दोस्रो जीतको खोजीमा छ । उसले पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो ।
नेपाल र श्रीलंकाबीच सन् २००८ यता ५ पटक भिडन्त हुँदा पाँचै खेल श्रीलंकाको पक्षमा गएको छ ।
नेपाली टिम
देव खनाल (कप्तान), अरुज साउद (विकेट किपर), वसन्त कार्की, बसिर अहमद, विवेककुमार यादव, गुल्शनकुमार झा, शेर मल्ल, तिलक राजभण्डारी, मोहम्मद आदिल अलाम, सन्तोष कार्की, विवेक मगर