लोकसंवाद संवाददाता | खेलकुद | पुस १३, २०७८
दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ ।
सोमबार बंगलादेशको ढाकामा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले सन् २०२२ का लागि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी विभिन्न देशलाई जिम्मेवारी दिएको हो ।
त्यसमा नेपालले दक्षिण एसियाली महिला भलिबल, बंगलादेशले दक्षिण एसियाली बिच भलिबल र श्रीलंकाले दक्षिण एसियाली पुरुष भलिबल च्याम्पियनसिपको आयोजना गर्ने जिम्मेवारी पाएको नेपाल भलिबल संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर. संघले प्रतियोगिता आयोजना गर्ने मिति भने सार्वजनिक गरेको छैन ।
बैठकले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको अर्को संस्करण माल्दिभ्समा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।