लोकसंवाद संवाददाता | समाचार | पुस १५, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनको बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूह टोलीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएको छ ।
गत आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्द सत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।
सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको थियो भने बुधबार र बिहीबार समूहका नेताले आआफ्नो समूहको निष्कर्ष पेस गरेका छन् ।
बिहीबार समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरेकाले अब शुक्रबार प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ अध्यक्ष प्रचण्डले दिने कार्यक्रम छ ।
आइतबारदेखि जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।