लोकसंवाद संवाददाता | समाचार | पुस १६, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ ।प्रधानन्यायाधीशको राजीनामा माग गर्दै जारी आन्दोलन ६१ दिन कट्दासमेत निकास भने निस्केको छैन ।
संघीय संसदका दलहरूलाई प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाएर हटाउनुपर्ने माग गरे पनि नेताहरूले उचित निकास ननिकाल्दा बारको आन्दोलन अझै निष्कर्षविहीन अवस्थामा छ ।
बारको मागबमोजिम गोलाप्रथाबाट पेसी तोक्ने निर्णय भइसक्दा पनि बार भने आन्दोलनमै छ । प्रधानन्यायाधीश राणाको राजीनामा बारको बटलमलाइन देखिएको छ ।