माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा कडाइ

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा कडाइ

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस १६, २०७८

नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशन स्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । 

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए । 

उनका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका पत्रकारलाई समेत प्रवेशमा कडाइ गरिएको छ । प्रेस संयोजक आचार्यका अनुसार साँझ ५ बजे मात्र मिडिया सेन्टरमा प्रवेश दिइनेछ ।

महाधिवेशन स्थलमा सीसीटीभी भए पनि बन्द रहेको र शुक्रबारदेखि पनि खोलिएको छ ।