लोकसंवाद संवाददाता | समाचार | पुस १६, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विचारको निर्माण गर्न छुट्टै महाधिवेशन गर्ने घोषणा गरेका छन् ।
कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्द सत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जबाफ दिने क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव समेटेर ठोस विचार विकास गर्न छुट्टै महाधिवेशन गरिने जानकारी गराएका हुन् ।
वर्तमान महाधिवेशन विचारको बहसमा सुरुवात भएको र अर्को विशेष महाधिवेशनमा थप अध्ययन, अनुसन्धान र बहस गरेर विचारको विकास गरिने उनको भनाइ छ ।