लोकसंवाद संवाददाता | समाचार | पुस १९, २०७८
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार तय गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
बैठकले १२ माघमा हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार तय गरेको छ । प्रदेश १ मा गोपाल बस्नेत, बाग्मतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायणदत्त मिश्र उम्मेदवार रहने केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि साेमबार दोस्रो केन्द्रीय कार्यसमिति बैठक बसेकाे हाे । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पदाधिकारी बैठक बसेको थियो ।