साम्यवाद र वर्ग संघर्ष जस्ता शब्द हटाउन निर्वाचन आयोगको आदेश माओवादीलाई अमान्य

साम्यवाद र वर्ग संघर्ष जस्ता शब्द हटाउन निर्वाचन आयोगको आदेश माओवादीलाई अमान्य

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस २०, २०७८

निर्वाचन आयोगले ‘साम्यवाद’, ‘वर्ग संघर्ष’ जस्ता शब्दावली प्रयोग गरेको पार्टी विधान दर्ता हुन नसक्ने भन्दै संशोधनका लागि पठाएको पत्रमा नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ ।

हालै सम्पन्न आठौँ महाधिवेशनबाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले निर्वाचन आयोग सो पत्रप्रति आपत्ति जनाउँदै त्यसबारे आवश्यक कदम चाल्न नवनिर्वाचित केन्द्रीय समितिलाई निर्देशन दिएको छ ।

‘निर्वाचन आयोगले विचारको आधारमा पार्टी गठन गर्ने संविधानको भावनाविपरीत पार्टीको विधानमा केही उल्लेखित विचारमाथि अनधिकृत हस्तक्षेप गरी अनुचित निर्देशन गरेकामा त्यसप्रति यो महाधिवेशन कडा असहमति र आपति प्रकट गर्दै त्यसबारे आवश्यक कदम चाल्न पार्टी केन्द्रीय समितिलाई निर्देशन दिन्छ’, महाधिवेशनबाट पारित समसामयिक प्रस्तावमा भनिएको छ ।