'यथास्थितिमा एमसीसी पारित नगरियोस्'

'यथास्थितिमा एमसीसी पारित नगरियोस्'

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस २०, २०७८

नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ ।

काठमाडौंमा हालै सम्पन्न आठौँ महाधिवेशनबाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले एमसीसी यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको हो ।

‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हितप्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्’, माओवादीको जोड छ, ‘यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद्‌सहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ ।’