राष्ट्रियसभा निर्वाचन : एमाले उम्मेदवारले मनाेनयन दर्ता गरे

राष्ट्रियसभा निर्वाचन : एमाले उम्मेदवारले मनाेनयन दर्ता गरे

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस २०, २०७८

राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा नेकपा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् ।

एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लीला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो ।