प्रेस चौतारीको २८ पुसमा जिल्ला अधिवेशन, २ माघदेखि प्रदेश अधिवेशन

प्रेस चौतारीको २८ पुसमा जिल्ला अधिवेशन, २ माघदेखि प्रदेश अधिवेशन

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस २०, २०७८

नेकपा एमाले निकट प्रेस चौतारी नेपालले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ । लुम्बिनीमा १२ र १३ पुसमा बसेको चौतारीको बैठकले २८ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । 

उनका अनुसार २ देखि ६ माघसम्म प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको छ । प्रदेश १ को २ माघमा, बाग्मती, उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशको पनि माघमै गरिने भनिए पनि मिति उल्लेख गरिएको छैन ।

लुम्बिनी प्रदेशको ४ माघ, कर्णाली प्रदेशको ६ माघ, सुदूरपश्चिम प्रदेशमा ५ माघमा अधिवेशन गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार लुम्बिनीको दाङमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा गरिनेछ । तर, प्रदेश २ को भने मिति तोकिएको छैन ।