लोकसंवाद संवाददाता | समाचार | पुस २०, २०७८
कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्य ३ पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित गठबन्धन दलकातर्फ ३ जना र नेकपा एमालेका तर्फबाट ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नरबहादुर विष्ट (सुर्खेत), नेपाली कांग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा (एकीकृत समाजवादी)का उदयबहादुर बोहोरा (सल्यान)ले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट चूडामणि शर्मा (सुर्खेत), पदमबहादुर माझी (दैलेख) र गंगा थापा महत (जुम्ला)ले राष्ट्रियसभा पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
कर्णालीमा प्रदेशसभाका ३५ सांसद र ७९ पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी १५६ जनासहित १९१ जनाले मतदान गर्नेछन् ।