प्रधानमन्त्री देउवाले दिए सचिवहरूलाई यी निर्देशन

प्रधानमन्त्री देउवाले दिए सचिवहरूलाई यी निर्देशन

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस २१, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्बन्धमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् । 

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री भएपछि देउवाले पहिलो पटक सचिवहरूसँग छलफल गरेका हुन् । उनले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वनमा सचिवहरूलाई निर्देशन दिएका थिए ।