एजेन्सी | विदेश | पुस २३, २०७८
अन्तरिक्षमा १२ दिन बिताएर गत महिना पृथ्वीमा फर्किएका जापानका अर्बपति युसाकु मइजवाले रोलकोस्टर चढेर पृथ्वीमा पागल हुनुभन्दा अन्तरिक्षमा रहनु आनन्दमय भएकाे बताएका छन् ।
४६ वर्षीय मइजवा यही डिसेम्बरमा अन्तरिक्षमा पुगेका थिए । उनी पछिल्लो एक दशकभित्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो अन्तरिक्ष पर्यटक हुन् ।
‘जब तपाईं अन्तरिक्षमा जानुहुन्छ, तपाईंलाई पृथ्वीमा दिक्क लाग्छ’, उनले भने, ‘तपाईं आभारी हुनुपर्छ कि अन्तरिक्षमा पनि हावा, गन्ध र मौसम हुन्छन् ।’
उनले अन्तरिक्षमा शून्य गुरुत्वाकर्षणमा चिया बनाउनेदेखि भित्री वस्त्रको अभाव जस्ता विषयमा सामाजिक संजालमा आफ्ना फलोअर्ससँग अनुभव साटेका थिए । आफूलाई अन्तरिक्षमा कहिल्यै त्रास अनुभूति नगरेको उनले बताएका छन् ।
पृथ्वीबाट अन्तरिक्षमा जाने क्रममा आफूले निकै आनन्द महसुस गरेको उनले बताए । ‘बुलेट रेलमा यात्रा गरेजस्तै अनुभव भयो । झ्यालबाट बाहिर हेरेपछि मात्र अन्तरिक्षतर्फ लागेको अनुभूति भयो’, उनले भने ।