'एमालेले आगामी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउनेछ'

'एमालेले आगामी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउनेछ'
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस २३, २०७८

नेकपा एमाले अध्यक्ष केपी ओलीले आफूहरूसँग जनताको साथ रहेको बताएका छन् । पार्टीको जिल्ला अधिवेशनको संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्दै उनले एमालेसँग जनताको साथ रहेकाले आगामी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताए । 

‘हामीलाई जनताको कवच प्राप्त छ’, उनले भने, ‘हामी चुनावको प्रतीक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउनेछौँ ।’ 

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको सरकारको संज्ञा दिँदै उनले ५ मुख भएका सरकारले तुइन काटेर जनतालाई नदीमा खसाल्दा पनि बोल्न नसकेको आरोप लगाए । 

राज्यका सबै अंग आआफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै उनले सरकार जनताको पक्षमा नरहेको बताए । जनताको आदेशबिना अन्यत्रबाट सरकार बनेको भन्दै ओलीले भने, ‘सरकार कसरी बन्यो, संसदले समेत पनि थाहा पाएन ।’ 

सरकार गठन सम्बन्धमा सर्वाेच्च अदालतले दिएको आदेशप्रति उनले खरो टिप्पणी गरे ।