स्थानीय तहकाे निर्वाचन: छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

स्थानीय तहकाे निर्वाचन: छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस २९, २०७८

काठमाडौँ ।राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक आव्हान गरेको छ ।

राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउन तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल गर्न शुक्रवार बिहान ११ बजे बैठक बोलाइएको हो ।

‘भोलिको बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा सर्वदलीय बैठकमा कुराकानी हुनेछ’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

 

उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।