राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ०२, २०७८

संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो । 

तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसद्‌का महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।