लोकसंवाद संवाददाता | विदेश | माघ ०३, २०७८
२२ वर्ष बेलायती जलसेनामा काम गरेका बेलायती राजकुमार एन्ड्रयुले आफ्ना सबै उपाधि गुमाएका छन् । राजा र राजपरिवारका सदस्य भन्नेबित्तिकै हाम्रो दिमागका आइहाल्छ, राजतन्त्र भएको देशमा जन्मको आधारमा प्राप्त हुने सर्वोच्च पदमा रहने व्यक्ति ।
राजा र राजपरिवार वंशपरम्परामार्फत शासनमा रहन्छन् । तर एन्ड्रयु त्यस्ता व्यक्ति हुन्, जो बेलायती राजगद्दीको उत्तराधिकारी भएर पनि २२ वर्षसम्म जलसेनामा काम गरे । बेलायती महारानी एलिजावेथका तेस्रो सन्तान उनी राजगद्दीका नवौं उत्तराधिकारी हुन् । सामान्य अवस्थामा उनी राजगद्दीको उत्तराधिकारी भएर पनि गद्दीमा पुग्न सक्दैनन् । किनकि महारानीपछि उनका दाजु राजकुमार चाल्स, चाल्सका छोरा राजकुमार विलियम पहिलो र दोस्रो उत्तराधिकारी हुन् ।
त्यसपछि सन् २०१३ मा जन्मिएका विलियमका छोरा राजकुमार जर्ज अफ क्याम्ब्रिज तेस्रो, राजकुमारी कार्लोट चौथो, राजकुमार लुइस अफ क्याम्ब्रिज पाँचौं, राजकुमार ह्यारी छैटौं, आर्ची ह्यारिसन माउन्टबेटन सातौं र लिलिबेट डायना माउन्टबेटन आठौं नम्बरमा छन् ।
संसारमा अब सीमित देशमा राजतन्त्रात्मक शासन व्यवस्था छ । राजपरिवारका सदस्यहरुले गरेका धेरै गल्तीहरुलाई लुकाउने र कारबाहीमा दायरामा नल्याएको हामी प्रशस्तै उदाहरण पाउँछौं । नेपालमै विगतमा राजपरिवारका सदस्यहरुले गरेका कतिपय जघन्य अपराधहरु छिपाइएका कुरामा इतिहास साक्षी छ ।
तर बेलायती राजकुमार एन्ड्रयुमा यौन दुव्र्यवहारको आरोप लागेपछि उनले उपाधिहरु गुमाउन पुगेका हुन् । बेलायती राजदरबारले राजकुमार एन्ड्रयुका सबै राजकीय र सैन्य उपाधि महारानीलाई फिर्ता गरेको जनाएको छ । योसँगै उनले अब दरबारको आधिकारिक हैसियत प्रयोग गर्न पाउने छैनन् ।
राजकुमार एन्ड्रयुले अब धेरै उपाधि गुमाएका छन् । उनलाई अब हिज रोयल हाइनेश भनिने छैन । उनको यो उपाधि कायमै छ, तर उनले आधिकारिक रुपमा त्यसको प्रयोग गर्न पाउने छैनन् । यसअघि राजकुमार ह्यारी र मेगन मर्कलले पनि यो उपाधि त्याग गरेका थिए । राजकुमार एन्ड्रयुले जलसेनामा २२ वर्ष काम गरेका थिए । उनले सन् १९८२ को फकल्यान्डको युद्धमा हेलिकप्टर पाइलटको भूमिका निभाएका थिए
अमेरिकी अदालतले उनीमाथि लागेको यौन दुव्र्यवहार अभियोगमा कारबाही अघि बढाउन सकिने आदेश दिएपछि उनको शाही उपाधि फिर्ता गरिएको हो । राजकुमार एन्ड्रयुले भने आफूमाथिको अभियोग अस्वीकार गर्दै आएका छन् ।
डचेज अफ योर्क सारा फर्गुसनसँग सम्बन्धविच्छेद गरिसकेका उनका दुई छोरीहरु राजकुमारी बिएट्रेस र युजेनी छन् । उनीहरु बेलायती राजगद्दीको क्रमशः १० औं र १२ औं उत्तराधिकारीको वरीयतामा छन् ।
एन्ड्रयुमाथिको मुद्दा
ड्यूक अफ योर्क राजकुमार एन्ड्रयुमाथि अमेरिकामा एक महिलामाथि यौन दुव्र्यवहारको मुद्दा लागेको छ । अदालतमा बुझाइएका कागजातअनुसार भर्जिनिया जूफ्रेले आफू १६ वर्षको उमेरबाटै जेफरी एप्स्टीनबाट यौन बेचबिखन तथा दुव्र्यवहारको सिकार भएको बताएकी छन् । उनले १८ वर्षभन्दा कम उमेरको हुँदा ड्यूकले आफूमाथि तीन पटक यौन हिंसा गरेको आरोप लगाएकी छन् । सन् २०१९ मा बीबीसी न्युज नाइटको अन्तरवार्तामा राजकुमार एन्ड्रयुले भर्जिनिया जूफ्रेसँग भेट भएको आफूलाई स्मरणसमेत नभएको बताएका थिए ।
के के उपाधि गुमाए ?
राजकुमार एन्ड्रयुले अब धेरै उपाधि गुमाएका छन् । उनलाई अब हिज रोयल हाइनेश भनिने छैन । उनको यो उपाधि कायमै छ, तर उनले आधिकारिक रुपमा त्यसको प्रयोग गर्न पाउने छैनन् । यसअघि राजकुमार ह्यारी र मेगन मर्कलले पनि यो उपाधि त्याग गरेका थिए । राजकुमार एन्ड्रयुले जलसेनामा २२ वर्ष काम गरेका थिए । उनले सन् १९८२ को फकल्यान्डको युद्धमा हेलिकप्टर पाइलटको भूमिका निभाएका थिए भने आइभोरी कोस्टमा सुरुङ प्रतिरोधी युद्धपोतको नेतृत्व गरेका थिए ।
सन् २०१९ मा सार्वजनिक जिम्मेवारीबाट पछि हटेपछि सैन्य नियुक्ति निलम्बन गरिएको उनका अहिले धेरै सैन्य उपाधिहरु गुमेका छन् । उनले पिता राजकुमार फिलिप्सबाट सन् २०१७ मा पाएको ब्रिटिस स्थलसेनाको विशिष्ठ कर्नेल अफ ग्रिनेड गार्डस् भूमिका गुमाएका छन् ।
यसैगरी राफ लोसिमाउथको मानार्थ हवाई कमोडोर, स्मल आम्र्स स्कुल कर्पस्को कर्नेल इन चिफ, महारानी एलिजाबेथको आफ्नै रोयल ल्यान्सर्सको कर्नेल इन चिफ, योर्कसायर रेजिमेन्टको कर्नेल इन चिफ, फ्लिट एअर आर्मको कमोडर इन चिफ, रोयल हाइल्याड फ्युसिलियर्सको रोयल कर्नेल, रोयल रेजिमेन्ट अफ स्कटल्यान्डको शाही कर्नेलसहित बेलायत बाहिरका पनि केही मानार्थ सैन्य उपाधि गुमाएका छन् । जसमा क्यानडाका तीन कर्नेल इन चिफ र न्युजिल्यान्डको एक कर्नेन इन चिफ उपाधि समेत रहेका छन् । जलसेनामा भने उनको भाइस एडमाइरलको सेवाकालीन भूमिका कायमै रहने छ ।
उनले अब शाही संरक्षकको रूपमा कुनै कुरा वा सेवालाई प्रचारप्रसारमा ल्याउन पाउने छैनन् । उनी यो जिम्मेवारीबाट पनि मुक्त भएका छन् । राजकुमार एन्ड्रयु करिब दुई सय संस्थाको संरक्षक थिए ।
यद्यपि अझै पनि उनी प्रतिष्ठित गल्फ क्लब, विद्यालय र सांस्कृतिक कोषहरूसहित दर्जनौं संस्थाको संरक्षकमा कायमै छन् । यद्यपि अब संरक्षकत्वहरू महारानीलाई नै फिर्ता गरिएपछि राजपरिवारका अन्य सदस्यलाई वितरण गरिनेछ । बीबीसी र बेलायती सञ्चारमाध्यमको रिपोर्टमा आधारित