लोकसंवाद संवाददाता | समाज | माघ ०४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ ।
‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजिटिभ देखिएको छ’, भानुले भने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरू कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए ।