लोकसंवाद संवाददाता | समाचार | माघ ०५, २०७८
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालको भक्तपुर शाखाको अध्यक्षमा पत्रकार दिनेश कार्कीलाई घोषणा गरिएको छ । भक्तपुरकाे ठिमीमा आयोजित एक भेलाले कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा घोषणा गरिएको हो ।
घोषित कमिटीको उपाध्यक्षमा विजय चालिसे र नजिना भण्डारी, सचिवमा सुवास चौलागाईं तथा सहसचिवद्वयमा गणेश महर्जन र ज्ञानेन्द्र खाइजु चयन गरिएको छ भने कमिटीको कोषाध्यक्षमा रचना बयलकोटीलाई चयन गरिएको छ ।
यसैगरी सदस्यहरूमा मिकेश रानाभाट, ज्योति बि.क.. मनोज फुयाँल, श्रीकर पोखरेल, रामहरि चौलागाईँ, रिता भट्टराई, जीवन तिमल्सिना र अनुशा थापा रहनु भएको छ ।
कार्यक्रममा संगठनका उपाध्यक्ष, उपत्यका इञ्चार्ज तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शन्तराम बिडारी, नेकपा (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेत, संगठनका अर्का उपाध्यक्ष विश्वमणि सुवेदी, मआहासचिव भूपराज खड्का, सचिव एवं पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईं, उपत्यका संयोजक सविन शर्मा, केन्द्रीय सदस्य केशव लुइँटेल, वरिष्ठ पत्रकार प्रवीणराज जोशी, विजय चालिसे लगायतले पत्रकारको पेसागत मुद्दालाई सङ्गठनले जोडदार ढङ्गले उठाउन सुझाव दिनु भएको थियो ।
समाजवादी प्रेस सङ्गठन भक्तपुर शाखाको सल्लाहकारमा वरिष्ठ पत्रकार प्रवीणराज जोशी र कृष्ण प्रधानलाई समेत चयन गरिएको छ । कार्यक्रममा प्रेस चौतारीबाट विजय चालिसे समाजवादी प्रेस संगठन नेपाल प्रवेश गर्नु भएको थियो ।