एजेन्सी | विदेश | माघ ०६, २०७८
दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुवै जनवावरहरूमा पनि मानिसमा जस्तै लक्षण देखिएको थियो ।
उनीहरूलाई पनि सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो । संक्रमित जनावरहरूले श्वास फेर्नसमेत कठिनाइ महसुस गरेका बताइएको छ ।
जनावरको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुन सक्ने प्रिटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन् । यसअघि मानिसबाट जनावरमा कोभिड सर्ने वैज्ञानिकहरूले बताएका थिए । भाइरस जनावरमा फैलिरहे नयाँ भेरिएन्ट उत्पत्ति हुन सक्ने बताउँदै आएका छन् ।