सत्तारुढ गठबन्धनको बैठक स्थगित

सत्तारुढ गठबन्धनको बैठक स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ०६, २०७८

सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएकाे छ । बिहीबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएकाे हाे ।

‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौँ’, समिति सदस्य तथा नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले भने । उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो ।