सत्तारुढ गठबन्धनको बैठक आज ४ बजे बस्ने

सत्तारुढ गठबन्धनको बैठक आज ४ बजे बस्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ०७, २०७८

सत्तारुढ गठबन्धनको बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ ।

स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेका बेला सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्न लागेको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समासामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।  

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भएपछि लामो समयदेखि गठबन्धनको बैठक बस्न सकेको थिएन । दुवै नेता कोरोना संक्रमणमुक्त भएपछि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासहित वार्ता भएको थियो । सोही भेटवार्तापछि गठबन्धनको बैठक आज अपराह्न ४ बजे बोलाइएको हो ।