लोकसंवाद संवाददाता | समाचार | माघ ०९, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसमायिक विषयमा प्रेस वक्तव्य जारी गर्ने भएका छन् । अपराह्न १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जनाभन्दा बढी उपस्थित नहुने सरकारको निर्देशनअनुसार प्रेस वक्तव्य आउन लागेको हो ।
‘पत्रकार सम्मेलन नहुने भयो, अब समसामायिक राजनीतिक विषयमा अध्यक्षको प्रेस वक्तव्य आउँछ’, केन्द्रीय सदस्य विष्णु रिजालले भने ।