पत्रकार विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले गठन गर्‍याे छानबिन समिति

पत्रकार विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले गठन गर्‍याे छानबिन समिति

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ०९, २०७८

पत्रकार एलबी विश्वकर्माको मृत्युबारे छानबिन गर्न सिभिल अस्पतालले समिति गठन गरेको छ । उनको मृत्युबारे अध्ययन गर्न अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले जानकारी दिए । 

छानबिन समितिमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत छन् । विश्वकर्माको मृत्युबारे पत्रकार महासंघले पनि छानबिन गरिरहेको अधिकारीले जानकारी दिए ।

पत्रकार विश्वकर्माको मृत्युपछि अस्पताल व्यवस्थापनको चर्को आलोचना हुँदै आएको छ । पत्रकार महासंघ, नेपाल प्रेस काउन्सिलसहित पत्रकारसँग आबद्ध विभिन्न संघसंस्थाले सो घटनाको छानबिनका लागि माग गर्दै आएका थिए ।