एजेन्सी | विदेश | माघ १४, २०७८
भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीईओ समक्ष गुनासो गरेका छन् । आफू फलोअर्स प्राप्त गर्ने आफ्नो क्षमतालाई सीमित गर्ने एउटा प्रयासको निशानामा परेको राहुलले गुनासो गरेका छन् । फलोअर्स वृद्धिमा नाटकीय गिरावट आएको भन्दै त्यसतर्फ उनले ट्विटरको ध्यानाकर्षण गरेका हुन् ।
ट्विटरका सीईओ पर्ग अग्रवाललाई पठाएको एउटा पत्रमा गान्धीले आफ्ना फलोअर्स सन् २०२१ देखि नाटकीय ढंगले घटेको अवगत गराएका छन् । सन् २०२१ को मेमा आफ्ना झन्डै ६ लाख ५० हजार नयाँ फलोअर्स बनेको र औसतमा दैनिक ८ हजारदेखि १० हजार नयाँ फलओर्स हुने गरेकोे उदाहरणसमेत उनले पेस गरेका छन् ।
सन् २०२१ को सुरुदेखि भने उनका नयाँ फलोअर्स झन्डै शून्यमा झरेका छन् । यसको कारण ३ महिना ट्विटरमा उनले छनोट गर्ने छलफलको विषय हुन सक्ने सामाजिक संजालका विज्ञहरूले बताएको पनि गान्धीले पत्रमा लेखेका छन् ।