एमालेले डाक्यो सचिवालय बैठक

एमालेले डाक्यो सचिवालय बैठक

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १९, २०७८

आगामी जेठमा स्थानीय तहकाे निर्वाचन हुने पक्कापक्की भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालयको बैठक डाकेकाे छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावकाे रणनीति तथा पार्टीको नियमावली र जनसंगठन संचालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बाेलाइएकाे बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दै छ । 

एमाले सचिवालयमा पदाधिकारी (१९ जना) सदस्य रहने व्यवस्था छ ।