प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच स्थानीय तहको निर्वाचनसहितका विषयमा छलफल भइरहेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री र प्रचण्डबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।
निर्वाचन आयोगका पदाधिकारीसँग ४ जेठमा निर्वाचन गर्न प्रधानमन्त्री सहमत भएको भोलिपल्ट बुधबार प्रचण्ड बालुवाटार पुगेका हुन् ।
मंगलबार बालुवाटार पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग ४ जेठमा स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री सहमत भएका थिए । सोही बेला आयोग पदाधिकारी र गृह मन्त्रालयलाई निर्वाचनको तयारी थाल्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।