एमालेको प्रदेश अधिवेशनः स्थानीय चुनावपछि मात्र

एमालेको प्रदेश अधिवेशनः स्थानीय चुनावपछि मात्र

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २०, २०७८

काठमाडौँ । नेकपा एमालेको प्रदेश अधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

एमालेले महाधिवेशन गरेको भए पनि प्रदेश अधिवेशन भएको छैन । बैठकले रोकिएका जिल्ला अधिवेशन स्थानीय तहको चुनावअघि गर्ने निर्णय गरेको छ । 

यससँगै एमाले सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।