प्रतिवेदको ठहर: धनञ्जय रेग्मीद्वारा करोडौँ स्रोतको दुरुपयोग, सुन चोरी पैठारीमा जरिवाना (पूर्ण पाठसहित)

प्रतिवेदको ठहर: धनञ्जय रेग्मीद्वारा करोडौँ स्रोतको दुरुपयोग, सुन चोरी पैठारीमा जरिवाना (पूर्ण पाठसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २१, २०७८

काठमाडौँ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बोर्डको  निर्माण र खरिद कार्यलाई टुक्रा टुक्रा पारी फरक फरक समय देखाई  ठुलो सरकारी हानी नाेक्सानी गरेको हुँदा कार्यवाही गर्न  सिफारिस गरिएको छ । 

साथै  कार्यकारी प्रमुख डा.  रेग्मीले वर्ल्ड ट्राभल मार्ट अन्तर्राष्ट्रिय मेलमा नेपालको सहभागिता जनाउँदा एक करोड भन्दा बढी खर्च देखाएको, विभिन्न होटेल तथा रेस्टुरेन्टमा भएको कार्यालय प्रयोजनको लागि भएको भनिएको खर्च कार्यालयको मान्न नसकिने र स्राेतकाे दुरुपयोग गरेको तथा अबैध सुन चोरी पैठारी मुद्दामा सम्लग्न भई भन्सार छली चोरी पैठारी गरेको ठहर भई बिगो कायम गरी जरिवाना गरिएको समेत पाइएको जाँचबुझ प्रतिवेदनले ठहर गरेको छ । 

नेपाल पर्यटन बोर्डद्वारा २०८७ पुस २ गते बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद  रिजालको स‌ंयोजकत्वमा गठित जाँचबुझ उपसमितिले  उपरोक्त निष्कर्ष निकाले हो । जाँचबुझ उपसमिति २०७८ माघ  १७ गते सोमबार स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई बुझाइएको  'नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी उपरको जाँचबुझ प्रतिवेदन २०७८' नामक प्रतिवेदनमा उपरोक्त कुरा उल्लेख छ । उक्त जाँचबुझ उपसमितिमा बोर्डका सदस्य ङावा ङिमा शेर्पा सदस्य र सदस्य सचिवमा स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होम प्रसाद लुइटेल रहनु भएको थियो । 

प्रतिवेदन बुझाएकाे पत्र

 

जाँचबुझ उपसमितिले  निष्कर्ष र सुझाव जस्ताको तस्तै 

जाँचबुझ उपसमितिको प्रतिवेदन २०७८ पूर्ण पाठ