मौसममा आजदेखि सुधार हुने

मौसममा आजदेखि सुधार हुने

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २३, २०७८

पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आजदेखि सुधार हुने भएको छ ।

देशभर आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

सोमबार प्रदेश १, मधेस, बा्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रही देशका मध्य तथा पश्चिमी भू-भागका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री र अधिकतम तापक्रम १३.० डिग्री सेल्सियस छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३.३ डिग्री र सबैभन्दा धेरै डोटीको दिपायलको अधिकतम तापक्रम १९.3 डिग्री सेल्सियस छ ।