निःशुल्क उपचारको व्यवस्था मिलाउन अनेरास्ववियूको माग (ज्ञापन पत्रसहित)

निःशुल्क उपचारको व्यवस्था मिलाउन अनेरास्ववियूको माग (ज्ञापन पत्रसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २७, २०७८

 काठमाडौँ।  नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारी अस्पतालमा निः शुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई ज्ञापन पत्र बुझाउँदै टिचिङ अस्पताल, वीर अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटनलगायतका सरकारी अस्पतालमा विद्यार्थी, किसान र मजदुर लगायत आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली सहितको टोलीले ज्ञापन पत्र बुझाउँदै आम विद्यार्थीहरूलाई खोपको अनिवार्य व्यवस्था मिलाउन पनि माग गरेको छ ।

कोरोनाभाइरसको सङ्क्रमणको कारण हरेक क्षेत्र प्रभावित भइरहेको अवस्थामा राज्यले आर्थिक अभावका कारण विद्यार्थी, किसान, श्रमजीवी, मजदुर लगायतका विपन्नको उपचारमा विशेष ध्यान दिनुपर्ने माग  अनेरास्ववियूले गरेको छ ।

ज्ञापन पत्र