लोकसंवाद संवाददाता | कारोबार | माघ २७, २०७८
नेपाली बजारमा बिहीबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेकोे छ । बुधबार १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको बिहीबार पनि त्यही भाउ कायम भएकाे महासंघले जनाएकाे छ ।