लोकसंवाद संवाददाता | समाचार | फागुन ०१, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार देशभर एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।
सत्ताको नेतृत्व गरिरहेको नेपाल कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई संसद्मा एमसीसी टेबल गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादीले आज देशभर विरोध प्रदर्शन गर्न लागेको हो ।
एकीकृत समाजवादी निकट जनवर्गीय संगठनहरूले आइतबार एमसीसी सम्झौताविरुद्ध माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्दै छन् ।
एकीकृत समाजवादीको ललितपुर जिल्लाका जनवर्गीय संगठनहरूले आइतबार एमसीसी सम्झौताविरुद्ध दिउँसो १बजे विरोध प्रदर्शन गर्दै छन् । विरोध कार्यक्रम लगनखेल चोकमा गरिने जनाइएको छ ।
एकीकृत समाजवादीको भक्तपुर जिल्लाका जनवर्गीय संगठनहरूले पनि आइतबार नै एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । सूर्यविनायक चोकमा विरोध कार्यक्रम गरिन एकीकृत समाजवादीले जनाएको छ ।