लोकसंवाद संवाददाता | समाचार | फागुन ०१, २०७८
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद् सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपाका सांसदहरूको हस्ताक्षरमा जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो । प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेको उनको भनाइ छ ।