जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको सूचना सर्वोच्च अदालतलाई जानकारी दिइँदै

जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको सूचना सर्वोच्च अदालतलाई जानकारी दिइँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन ०१, २०७८

संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सर्वाेच्च अदालतलाई पठाउँदै छ । 

सचिवालयमा आइतबार कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा परेका छन् । यसबारे सचिवालयले सर्वाेच्च अदालतलाई जानकारी दिन लागेको हो । सचिवालयमा अहिले पत्र तयार पारिँदै छ ।