प्रतिनिधिसभा बैठक उपस्थित हुन कांग्रेसको ह्वीप

प्रतिनिधिसभा बैठक उपस्थित हुन कांग्रेसको ह्वीप

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन ०४, २०७८

नेपाली कांग्रेसले बुधबार बस्न लागेको प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिने भएपछि सरकार नेतृत्वकर्ता दल कांग्रेसले आफ्ना सांसदमा ह्विप जारी गरेको हो । 

‘आजको संसद् बैठकमा उपस्थित हुन पार्टीले ह्विप जारी गरेको छ', कांग्रेस सांसद देवी तिमल्सिनाले भने । 

कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने निर्णय गरिसकेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदन गर्नुपर्ने र यसमा लागि सबै राजनीतिक दल सहभागी हुन पनि आग्रह गरेको थियो ।