लोकसंवाद संवाददाता | समाचार | फागुन ०४, २०७८
नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराई आफ्ना माग सम्बोधन नगरेसम्म संसद् चल्न नदिने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमालेले उठाएको विषयलाई सम्बोधन नगरी राखिने बैठकमा अवरोध भइरहने बताएका हुन् ।
एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएको छ ।