लोकसंवाद संवाददाता | समाचार | फागुन ०४, २०७८
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीप्रति जनताको विश्वास, आशा र अपेक्षा बढ्दै गएको बताएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका १ रुपन्देहीका अर्जुन कुर्मीको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले मेचिदेखि महाकालीसम्म र हिमाल, पहाड र तराई सबैतिर विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपा ९एस० मा प्रवेश गर्ने लहर चलेको बताएका हुन् । नेकपा ९एस० मा प्रवेश गरेका नेता कुर्मी तत्कालीन राजपा का नेता हुन् ।
साथै राष्ट्रिय राजनीतिमा पनि नेकपा एसको महत्वपूणै भूमिका रहेको उनले बताए । ‘यस पार्टीमा एमालेमा रहेका केन्द्रीय सदस्यहरु पार्टी परित्याग गरेर आएका छन् । कहिले हामी सुन्छौं विभिन्न तहमा रहेका एमालेका नेता कार्यकर्ता र अन्य पार्टीका नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा समाहित भएका छन्,’ उनले भने ।
नेता नेपालले एमालेलाई एउटा गिरोहको संज्ञा दिँदै आफूहरुको राष्ट्रिय राजनीतिको अस्तित्वलाई बुझेर बेलाबेलामा घृणा पोख्ने गरेको टिप्पणी गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन तोड्न चाहेको पनि उनले बताए । साथै एमसीसी प्रति जनतामा नकारात्मक धारणा रहेको र त्यसलाई ध्यानमा राखेर अगाडि बढ्नु पर्ने उनले बताए ।