लोकसंवाद संवाददाता | अपराध | फागुन १०, २०७८
ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले दोलखा मैलुङ गाउँपालिका– ४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरुङलाई सोमबार पक्राउ गरेको हो ।
अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका– ४ इमाडोलमा गत २२ माघ दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।
खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।