सिन्धुपाल्चोक र नुवाकोटका दर्जनौँ कार्यकर्ता एकीकृत समाजवादीमा

सिन्धुपाल्चोक र नुवाकोटका दर्जनौँ कार्यकर्ता एकीकृत समाजवादीमा

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन १०, २०७८

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरू देशको स्वाभिमान उठान राजनीतिमा लागेको बत्ताएका छन् ।

सिन्धुपाल्चोर र नुवाकोटबाट पार्टी प्रवेश गरेका नव प्रवेशीहरुलाई केन्द्रीय कार्यालयमा स्वागत गर्दै अध्यक्ष नेपाले आफूहरू असल उदेश्य र मनसायका साथ राजनीतिमा लागको भन्दै समानता, न्याय र समाजवादको यात्रामा वाधा अवरोधहरूलाई पन्छाउँदै अगाडि बढेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपाले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन आफूहरूले नयाँ यात्रा तय गरेको भन्दै जुन विचार र सिद्धान्त लोकप्रिय हुन्छ त्यही पार्टीलाई जनताले विश्वास गर्ने बताए । एमसीसीसँगको प्रसंगमा अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा एमसीसीका विवादित प्रावधान संशोधन विना पास हुन नसक्ने भन्दै सरकार भन्दा देश र सार्वभौमसत्ता महत्त्वपूर्ण भएको बताए । उनले वर्तमान अवस्थामा यथास्थितिमा आफूहरू एमसीसीको पक्षमा नरहेको भन्दै उक्त विवादित विषयमा संसद्मा छलफल हुने बताए ।

आगामी चुनावमा गठबन्धन कायमै रहने भन्दै अध्यक्ष नेपालले आफ्नो अस्तित्वको चिन्ता गर्न छोडेर अरूको बारेमा विष वमन नगर्न एमालेलाई सुझाएका थिए । सुब्बा तामाङको सक्रियतामा सिन्धुपाल्चोक र नुवाकोटबाट विजय लामा, पेम्वा लामा, आइतसिं तामाङ सुनिल  बुढाथोकी सहित दर्जन बढी कार्यकर्ताहरू नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । कार्यक्रममा पार्टीका महासचिव डा.वेदुराम भुसाल, उपमहासचिव डा .विजय पौडेल,डा.गंगालाल तुलाधर सहित केन्द्रीय सदस्य र अन्य नेताहरूको सहभागिता रहेको थियो ।