एकीकृत समाजवादीको जनसंगठनले शुक्रवार एमसीसीबारे खुला बहस गर्दै

एकीकृत समाजवादीको जनसंगठनले शुक्रवार एमसीसीबारे खुला बहस गर्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन ११, २०७८

काठमाडौँ  ।  नेकपा  (एकीकृत समाजवादी) का जनसंगठनहरुले शुक्रवार एमसीसीबारे खुला बहस कार्यक्रमको आयोजना गर्न लागेको छ। 

एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रवार एमसीसीबारे बहस गर्न लागिएको  जानकारी दिएका हुन् । कार्यक्रममा सबैको लागि खुला आमन्त्रण गरिएको उनले बताए । 

प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमलाई विज्ञ र विशिष्ट व्यक्तित्वहरूले सम्बोधन गर्ने तय भएको छ  । एकीकृत समाजवादीले एमसीसी पास गर्न नसघाउने निर्णय गरिसकेको  छ ।